नियम ४२
तायदाती फाराम खडा गर्ने
(१) न्यायाधीशसमक्ष निर्णय वा किनारा गर्नका लागि पेस हुनेप्रत्येक मुद्दामा तायदाती फाराम खडा गरी सो फारममा मिसिल संलग्न सम्पूर्ण कागजहरु चढाई मिसिलसाथ राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सूचीपत्र तयार गर्ने कर्तव्य सो मिसिल रहेका फाँटको फाँटवालाको हुनेछ रस्रेस्तेदारले त्यसको जाँच गर्नुपर्नेछ ।